दफा १०
परिषद्को बैठक र निर्णय
(१) परिषद्को बैठक साधारणतया वर्षमा चारपटक बस्नेछ ।
(२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा
परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको
व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ । मत बराबर भएमा बैठकको
अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(६) परिषद्को निर्णय रजिष्ट्रारद्वारा प्रमाणित गरिनेछ ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम
हुनेछ ।